punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाउन प्रस्ताव गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।

दाहालले गुरुङलाई प्रस्ताव गरेपछि बैठकले उनको नाम अनुमोदन गर्ने छ । गुरुङ माओवादीमा चौथो वरीयताका नेता हुन् । महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनबीच सहमति नजुटेपछि दाहालले तेस्रो विकल्पको रुपमा गुरुङलाई अघि सारेका हुन् । गुरुङलाई महासचिव बनाउन वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पुनलगायतका नेताले जोड गरेका थिए ।

 

 

 

 


४ भदौ २०७९, शनिवार १७:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु