punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोभिड- १९ विरुद्धको पुर्ण खोपयुक्त पालिका बन्दै धनगढी उपमहानगर

Chaupati
safha napa

कैलालीको धनगढी उपमहानगरपालिकालाई कोभिड -१९ विरुद्धको पुर्ण खोपयुक्त पालिका बनाउने निर्णय भएको छ । बुधबार धनगढीमा सम्पन्न कोभिड-१९ पुर्ण खोपयुक्त पालिका घोषणा बिषयक पालिका स्तरीय समन्वय बैठ्कले सो निर्णय गरेको हो ।

बैठकमा कोभिड-१९ पुर्ण खोपयुक्त पालिका घोषणा कार्यक्रम निर्देशिका समेत जारी गरेको छ । घोषणा अभियानका लागि निश्चित मापदण्डहरु तयार गरि निर्देशिका जारी गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले जानकारी दिए ।
लक्ष्यीत जनसंख्याको ९५ प्रतिशत व्यक्तिहरुले पुर्ण मात्रा लगाएको हुनुपर्ने घोषणा कार्यक्रम निर्देशिकामा उल्लेख छ । यस्तै सो तथ्याङ्क विद्युतिय दर्ता प्रक्रियामा अध्यावधिक भएको हुनुपर्ने उल्लेख गरेको छ ।
यस्तै कार्यविधिको दोस्रो मापदण्डमा सम्बन्धीत वडाको स्वास्थ्य संस्था अन्तरगतका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाको सहयोगमा गरिएको घरधुरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्कलाई वडास्तरीय खोप समन्वय समितिले विश्लेषण गरि पालिका स्तरिय पुर्णखोप समन्वय समितिलाई सिफारिस गरि पठाउनुपर्ने उल्लेख गरेको छ ।

पुर्ण खोप वडा घोषणाका लागि पालिका पुर्णखोप समन्वय समितिले सुलभ नमुना सर्वक्षण गरी सम्बन्धि वडालाई पुर्ण कोभिड खोपयुक्त वडा घोषणा गर्ने उल्लेख गरेको छ ।
बैठ्कका उपमहानगरपालिकालाई खोप लगाएतहरुको विवरण विद्युतिय दर्ता प्रक्रियाको बिषयमा समेत छलफल भएको थियो । स्वयंसेवकहरु मार्फत टोलटोलमा अभियानहरु सञ्चालन गर्ने र जसबाट विद्धुतिय दर्ता प्रक्रिया सम्पन्न गर्ने निर्णय भएको शाखा प्रमुख बोहराले बताए ।

सो अभियानका लागि स्वयंसेवक परिचालन गर्न कार्य योजना तयार गरी विभिन्न संघ संस्था र प्रदेश सरकारलाई बजेट तथा सहयोग माग गर्ने छलफल भएको थियो । जसको लागि ९ सदस्यीय स्वास्थ कार्यक्रम योजना तर्जुमा समन्वय समिति गठन भएको छ । उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको अध्यक्षतामा भएको समन्वय बैठकमा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी, १९ वटै वडा स्वास्थ्य चौकीका इन्चार्ज, विभिन्न बिषयगत शाखाका प्रमुख, सम्बन्धि क्षेत्रमा काम गरिरहेका संघ संस्थाका प्रतिनिधि तथा लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । बैठक धनगढी उपमहानगरपालिकाको सहकार्य, युनिसेफ नेपालको सहयोग तथा बास नेपालको आयोजनामा सम्पन्न भएको थियो ।


२६ साउन २०७९, बिहीवार ०८:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु