punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भक्तपुरमा जनैपूर्णिमा आज मनाइँदै

Chaupati
safha napa

भक्तपुरमा जनैपूर्णिमा आज मनाइँदैछ । आज बिहान ९ बजेर ४४ मिनेटदेखि पूर्णिमा तिथि शुरु हुने भएकाले भक्तपुरबासीले आज नै जनैपूर्णिमा मनाउन लागेको हो ।

आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भक्तपुरबासीले भने आज नै जनैपूर्णिमा मनाउँदैछन् ।

भोलि भक्तपुरबासीले गाईजात्रा मनाउँदैछन् । उनीहरुले आज ९ गेडागुडीलाई भिजाएर टुसा उमारेको क्वाटी बनाएर खाएर जनैपूर्णिमा मनाउन लागेको छन् । जनैपूर्णिमा भोलि भएको र गाईजात्रा पनि भोलि नै पर्ने नेपाल पंचाग निणार्यक समितिले जनाएको छ ।

भोलि जनैपूर्णिमाको दिन सरकारले सार्वजनिक विदा दिएपनि आज भने भक्तपुरमा बिदा दिइएको छैन ।


२६ साउन २०७९, बिहीवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु