कस्तो रहला आज देशभरको मौसम ?
देशभर आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले बिहान प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशका भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहेकाे छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान माैसमविद्काे छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
२६ साउन २०७९, बिहीवार ०८:०९ बजे प्रकाशित































