सेती अस्पतालको स्तरोन्नतिको निर्णयले स्वास्थ्य क्षेत्रमा सुधार आउँछ: राज्यमन्त्री रैका
सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदे् बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले बताए ।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो । ‘सामाजिक विकास मन्त्री ज्यूले २ सय शय्यामा स्तरोन्नतिको प्रस्ताव हामीले मन्त्रिपरिषदमा लग्यौ, आजको बैठकले स्तरोन्नतिको प्रस्ताव पारित गरेको राज्यमन्त्री,’ रैकाले भने।
प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकास मन्त्रालयमा हामी आइ सकेपछि स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएको राज्यमन्त्री रैकाले बताए ।
यसले स्वास्थ सेवामा थप सहजता ल्याउने उनले बताए । सेती प्रादेशिक अस्पताललाई ३९ बर्षपछि स्तरोन्नति गरिएको हो ।
२४ साउन २०७९, मंगलवार २२:१० बजे प्रकाशित






























