punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुन चोरीको आरोपमा पक्राउ परेका लामिछानेसहित ६ जना धरौटीमा छुटे

Chaupati
safha napa

सुन चोरीको आरोपमा पक्राउ परेका धनगढीका सुन व्यवसायी सन्तोष लामिछानेसहित ६ जना धरौटीमा छुटेका छन् । उनीहरु १०÷१० हजार धरौटी बुझाएर छुटेका हुन् । लामिछाने नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन् ।

उनीहरु छुटेपनि जिल्ला प्रहरी कार्यालयले विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बुधबार मात्रै प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।

सुन व्यवसायी लामिछानेलाई प्रहरीले यहि १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । सुन चोरीमै संलग्न भनिएका अन्य ५ जनाको परिचय प्रहरीले अझै खुलाइएको छैन ।


२४ साउन २०७९, मंगलवार २१:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु