punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

Chaupati
safha napa

सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ।

२ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। मन्त्री बोहराका स्वकीय सचिव टेकराज पाण्डेयका अनुसार अव ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ।

प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकासमन्त्रीमा नियुक्त भएसंगै बोहराले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका थिए।


२४ साउन २०७९, मंगलवार १८:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु