punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मकवानपुरमा बढे डेङ्गुका बिरामी, २ सातामा ९४ जना संक्रमित

Chaupati
safha napa

हेटौंडासहित मकवानपुर जिल्लाभर डेङ्गुका बिरामी बढेको छ । लामखुट्टेको टोकाइका हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो २ सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

डेङ्गुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पताल तथा यहाँका निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेका छ । डेङ्गुको बिरामी बढेसँगै हेटौंडा उपमहानगरपालिकाले प्रभावित वडाहरुमा लामखुट्टे मार्ने स्प्रेसमेत नियमित गरिरहेको छ ।

डेङ्गुसँगै मकवानपुरमा पछिल्लो दुई सातामा १५ जनामा स्क्रबटाइफस र एकजनामा कालाजार देखिएको छ ।

 


२४ साउन २०७९, मंगलवार ११:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु