आज सुदूरपश्चिमका दुई नाकाबाट ७ सय ८५ नेपाली स्वदेश भित्रिए
धनगढी ,असार ६ । आज (सनिवार) सुदूरपश्चिमका दुई नाकाबाट ७ सय ८५ नेपाली स्वदेश भित्रिएका छन । कैलालीको त्रिनगर नाकाबाट पाच सय ८१ जना नेपाली फर्किए छन भने कञ्चनपुरको गड्डाचौकी नाकाबाट दुई सय ४ जनाको उद्धार गरिएको जनाएको छ ।
नेपालबाट एक सय १४ जना भारत गएका छन्। नेपाल भित्रिएकाहरुलाई सम्बन्धीत स्थानीय तह पठाउने कार्य भइरहेको सम्बन्धित प्रशासन कार्यालयहरुले जनाएका छन ।
रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली बिगत दुई महिना देखि दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उनीहरू लामो लकडाउनले खान बस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् ।
६ असार २०७७, शनिवार १३:१५ बजे प्रकाशित






























