डडेल्धुरामा चरेससहित एक युवक पक्राउ
डडेल्धुरा, असार ५ । डडेल्धुरामा चरेससहित एक जना पक्राउ परेका छन् । जिल्लाको आलिताल गाउँपालिक–६ का २२ वर्षीय धनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी गस्तीले अवैध लागूऔषध चरेस कारोबार भइरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा धामीलाई पक्राउ गरेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
उनका अनुसार धामीले घरको भुइतलामा झोलामा २ किलो ५ सय ग्राम चरेस लुकाएर राखेका थिए । पक्राउ परेका धामीविरुद्ध लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरेर जिल्ला अदालत डडेल्धुराबाट १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको डीएसपी न्यौपानेले जानकारी दिए ।
५ असार २०७७, शुक्रवार १६:०५ बजे प्रकाशित































