punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्‍वमा कोरोना संक्रमितको संख्या साढे ८५ लाख नाघ्यो

Chaupati
safha napa

काठमाडौं,असार ५। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ७० हजार २ सय ६५ पुगेको छ।हालसम्म कोभिड-१९ बाट विश्‍वमा ४ लाख ५५ हजार ५ सय ७५ जनाले ज्यान गुमाएका छन्।

हालसम्म ४५ लाख ९ हजार २ सय ५६ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किएका छन्।हाल विश्वका विश्‍वका अस्पताल र घरमै बसेर ३६ लाख ५ हजार ४ सय ३१ जनाले कोरोनाको उपचार गराइरहेका छन्।

उपचाररत मध्ये ५४ हजार ४ सय ८२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने ३५ लाख ५० हजार ९ सय ४९ जनाको अवस्था सामान्य छ।कोरोना भाइरस विश्वमा पहिलो पटक डिसेम्बर २०१९ को अन्तिम साता चीनको वुहानमा देखिएको थियो।


५ असार २०७७, शुक्रवार ०३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु