punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा भरुवा बन्दुक र बारुदसहित श्रीमान-श्रीमती पक्राउ

Chaupati
safha napa

बैतडी,असार ४ । सुर्मा गाउँपालिका–२ गजौन बस्ने ३२ वर्षीय लोक बहादुर बोहरा र २१ वर्षीया निर्मला विसीलाई विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा वन्दुक १ थान, सोही बन्दुकको छर्रा २ सय ९३ थान, बारुदको डिब्बा ४ वटा, खुकुरी १ थान, हसिया १ थान, चक्कु १ थान, हतियार धारिलो बनाउने ढुङगा १ थान, टर्च १ थान, मोबाइल १ थान र फलामको किला १ थान प्रहरीले बरामद गरेको छ।

दुवै जना उपर भएको बहु बिवाह मुद्दामा संलग्न रही वारदात मितिदेखि नै फरार रहेका प्रहरीले जनाएको छ। उनीहरुको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा प्रहरी चौकी दौलीचौरबाट खटिएको प्रहरीले सुर्मा गाउँपालिका–२ स्थित ओढारमा लुकीछुपी बसेको अवस्थामा दुवैजनालाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


४ असार २०७७, बिहीवार १४:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु