सूचनाको हक सम्बन्धी तीन दिने तालिम धनगढीमा सम्पन्न

सूचनाको हक सम्बन्धी तीन दिने तालिम धनगढीमा सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । सूचनाको हक सम्बन्धी तालिम एकाउन्टिबिलीटि ल्याव नेपाल र अमेरिकन कर्नरको सहयोगमा आयोजना भएको हो । युवा वर्गलाई पनि सूचनाको हक सम्वन्धी जानकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको एकाउन्टिबिलीटि ल्याव नेपालले जनाएको छ । तालिममा झन्डै ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार उमीद बागचन्दले सूचनाको हक सम्वन्धी तालिम दिएका हुन् ।

यस्तै कार्यक्रमा धनगढी जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, उद्योग बाणीज्य संघ कैलालीका महा सचिव ओम बिष्ट, बरिष्ठ पत्रकार दीर्घराज उपाध्याय लगाएतले सुचना हक सम्वन्धी बोल्नु भएको थियो । सूचना सबैले पाउनु पर्ने र थाहा पाउनुपर्ने बिषय भएको हुँदा यसलाई सबै सामु सहज रुपले पु¥याउनुपर्ने बरिष्ठ पत्रकार उमीद बागचन्दले बताए ।

उनले यसलाई सहज रुपले पाउने र दिने ब्यवस्थामा सबैको भूमिका महत्वपूर्ण रहेको जानकारी दिए । बरिष्ठ पत्रकार दीर्घराज उपाध्यायले सूचनाको हक हरेक नागरिकले पाउनुपर्ने अधिकार रहेको बताए । एकाउन्टिबिलीटि ल्याव नेपालका कार्यक्रम प्रवन्धक अस्मीता शर्माले धनगढीमा पनि सूचनाको हकलाई सबैले सहज रुपले पाउनुपर्नेमा जोड दिनुपर्ने बताइन् ।


१० साउन २०७९, मंगलवार १२:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु