भदौ १ बाट प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध

आगामी भदौ १ गतेबाट पातलो प्लाष्टिकको झोला प्रयोग गर्न नपाइने भएको छ । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने भएको होछ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले एक सूचना प्रकाशित गर्दै भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने जनाएको छ ।

सरकारको निर्णयविपरीत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

यसअघि पनि सरकारले प्लाष्टिकको झोलाको प्रयोग प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन ।

 


१० साउन २०७९, मंगलवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु