बाँकेमा नब विवाहित एक दम्पती मृत अवस्थामा फेला

बाँकेमा नब विवाहित एक दम्पती मृत अवस्थामा फेला परेका छन् । एसपी श्यामकृष्ण अधिकारीकाअनुसार कोहलपुर नगरपालिका-१४ पावतीपुरका २५ वर्षीय कृष्ण गडरिया र २३ वर्षीया उनकी श्रीमती मञ्जु गडरिया मृत अवस्थामा फेला परेका हुन् ।

श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको हो । ‘घरको माथिल्लो तलामा दाइ भाउजु बस्दा रहेछन्,’ एसपी अधिकारीले भने, ‘आफ्नै घरको तल्लो तलामा बसेका  दम्पत्ति मृत फेला परेका हुन् ।’

उनकाअनुसार कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ । उनीहरुको हत्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१० साउन २०७९, मंगलवार १०:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु