कटहर र मासु खाएर सुतेकी कञ्चनपुरकी किशोरी मृत फेला
कञ्चनपुरमा सुतीरहेकै अवस्थामा किशोरी मृत फेला परेकी छन् । जिल्लाको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने १८ वर्षीया अनिता नाथ घरमै मृत फेला परेकी हुन् ।
बुधबार राति खानामा कटहर र मासु खाएर सुतेकी उनी आज विहान मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
किशोरीको फुड प्वाइजनका कारण मृत्यु भएको हुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
उनको शव महाकाली अस्पतालमा परीक्षण गरिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण बारे खुल्ने डिएसपी शाहले बताए ।
३० असार २०७९, बिहीवार १८:४९ बजे प्रकाशित































