कञ्चनपुरको गोबरैयामा हातखुट्टा बाँधेर लुटपाट

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरैयामा भारतीय लुटेराहरूले लुटपाट गरेका छन् ।

निङ्लाशैनी मन्दिर नजिक गीताचन्द सिंहको घरमा चार जनाको समूहले दिउँसै एक लाखसहित सुनका गहना लुटेको पीडितले प्रहरीलाई जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार पीडितको उजुरीमा भारतीय नागरिकजस्ता देखिने चार जनाले हातखुट्टा बाँधेर चोरी गरेको उल्लेख गरिएको छ ।

प्रहरीले घटना बारे अनुसन्धान थालेको छ ।


३० असार २०७९, बिहीवार १२:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु