punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बिहीबार बढ्यो सुनचाँदीको मूल्य

Chaupati
safha napa

साप्ताहिक कारोबारको पाँचौ दिन ९बिहीबार० भने नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य सामान्य बढेको छ। पछिल्लो समय लगातारजसो घटिरहेको सुनको मूल्य बिहीबार भने तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा ३०० रुपैयाँले बढेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो।

बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १८० पुगेको छ। बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १७० रुपैयाँ थियो।


३० असार २०७९, बिहीवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु