punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चितुवाको आक्रमणबाट एकै परिवारका ५ जना घाइते

Chaupati
safha napa

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा चितुवाको आक्रमणबाट एकै परिवारका ४ सहित ५ जना घाइते भएका छन्।बुधबार राति १ बजेतिर राम भट्टराईले पालेको लोकल कुखुराको छाप्रोमा चितुवा प्रवेश गरेको थियो।

आक्रमणबाट २५ वर्षीय राम भट्टराई, उनकी आमा सरस्वती, ५० वर्षीय बुबा कुमार, हजुरआमा सानीमैयाँ घाइते भएका हुन्। यस्तै चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी २६ वर्षीय सुविन कार्की पनि घाइते भएका छन्।

वडाध्यक्ष सुरज पोखरेलकाअनुसार घाइतेहरूको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ। घाइते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको उनले बताए। दुई जना डिस्चार्ज भएका छन्।

आक्रमणबाट ७७ वर्षीय हजुरआमा सानीमैयाँ बढी घाइते भएकी छिन्। उनको टाउको, हातमा चोट लागेको छ। यसैगरी कुमारको गर्दनमा चोट छ। सरस्वती भट्टराईको कुहिनोभन्दा मुनि चोट छ। रामको हातमा र सुविनको चाहिँ टाउकोमा चोट लागेको उनले बताए।


३० असार २०७९, बिहीवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु