नेपालद्वारा स्कटल्याण्ड पराजित

आईसीसी पुरुष विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्यान्डलाई हराएको छ । नेपालले उसकै घरेलु मैदानमा ५ विकेटले हराएको हो । बुधबार राति सम्पन्न खेलमा स्टकल्यान्डले दिएको १४५ रनको लक्ष्य नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालका लागि आसिफ शेखले ७१ रनको अर्धशतकीय पारी खेले भने रोहित कुमार पौड्यालले ३४ रन बनाए । यस्तै कुशल भुर्तेलले २७ बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो लक्ष्य छुन सकेनन् ।
स्कटल्याण्डका लागि गाभिन मेनले अविजित रहँदै सर्वाधिक ६४ रनको अर्धशतकीय इनिङ खेले । मार्क वाटले १७ तथा साफ्यान शारिफले १६ रन जोडे । कलुम म्याकलोडले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल आलमले उत्कृष्ट बलिङ गरे । सोमपाल र आदिलले समान ३र३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यस्तै करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

 


३० असार २०७९, बिहीवार ०७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु