punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलारी पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा

Chaupati
safha napa

कैलालीको कैलारी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार भएको एक कार्यक्रमका विच गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको हो ।

पुर्ण खोप सुनिश्चितता गर्ने राष्टिय पूर्ण खोप निर्देशका बमोजिम यस कैलारी गाउँपालिकाका सबै वडाहरुबाट सम्पूर्ण प्रक्रिया सम्पन्न गरी पुर्ण खोप सुनिश्चितता पालिका तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले बताए । असार २९ गतेसम्म १६ महिनादेखि २३ महिना सम्मका ६ सय ८८ जना बालबालिकाहरुले १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोपहरु पाएको उहाँले बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाभित्र रहेको सबै वडा कार्यालय र स्वास्थ्य सस्थालाई प्रमाणपत्र वितरण गरिएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमखहरु, स्वास्थ्यकर्मी, राजनितिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेका थिए । संचालन सामाजिक विकास अधिकृत यगम कलेल ले गरेका थिए ।


२९ असार २०७९, बुधवार १७:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु