सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति
सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई लिएर विपक्षी दलले राखेको माग पूरा गर्ने भएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो ।
बजेटका विषयमा एमाले, जसपा र लोसपाले गरेका मागहरू सम्बोधन गर्ने लिखित निर्णय गरेपछि आजबाट प्रदेशसभा बैठक सुरू हुने भएको छ ।
२९ असार २०७९, बुधवार १५:४४ बजे प्रकाशित












