सुदूरपश्चिम सरकार र प्रतिपक्षको वार्ता निष्कर्षविहीन
सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ । आज भएको वार्ता सकारात्मक रहेपनि तर कुनै सहमतिमा भने हुन् सकेको छैन् ।
प्रतिपक्षी दलले सरकारलाई १४ बुँदे सुझाव पत्र बुझाएको छ । त्यसमा सहमति भए आजै संसद् सुरु हुन सक्ने प्रतिपक्षी दलका एक नेताले बताएका छन् ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि सदनमा अहिलेसम्म छलफल भएको छैन । प्रतिपक्षीमा रहेका एमाले, जसपा र लोसपा बजेट संशोधन नहुँदासम्म छलफल नहुने अडानमा छन् । आज बिहान ८ बजे मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतिपक्षी दललाई संवादका लागि बोलाएका थिए ।
सुदूरपश्चिम प्रदेशमा माओवादी, नेकपा एस र कांग्रेस सरकारमा छन् । त्यस्तै एमाले, जसपा र लोसपा प्रतिपक्षमा रहेका छन् ।
२९ असार २०७९, बुधवार १२:३३ बजे प्रकाशित












