punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस केन्द्रीय समिति बैठकमा प्रस्तुत मर्यादाक्रम संशोधन गर्न भण्डारीको माग

Chaupati
safha napa

नेपाली काँग्रेसका युवा नेता क्षितिज भण्डारीले सोमबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा पेस भएको मर्यादाक्रम निर्धारण सम्बन्धि प्रस्ताव संशोधन माग गरेका छन् । मंगलबारको बैठकमा सहमहामन्त्री तथा मर्यादाक्रम निर्धारण समितिका संयोजक बद्री पाण्डेले राखेको प्रस्ताव संशोधन गरिनुपर्ने उनको भनाइ छ ।

भण्डारीले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै मानमर्दन हुने यस्तो अपरिपक्व र पूर्वाग्रही मर्यादाक्रम संशोधन गर्न आग्रह गरे । पार्टीले बिना छलफल तयार पारेको भन्दै निकटतम प्रतिद्वन्द्वीलाई मर्यादाक्रममा सम्मान नदिने कुरा राम्रो नभएको उनको भनाइ छ ।

भण्डारीले देशभरको चुनावका निकटतम प्रतिद्वन्द्वीको सम्मानको लडाइले ७ प्रदेश, ७७ जिल्ला, क्षेत्र, नगर, गाउँ र वडासम्म बिवाद बढ्नेबारे सभापति देउवाको ध्यानाकर्षण गराए । मर्यादाक्रमको विवाद बढ्दा संघ र प्रदेश निर्वाचनमा असर पर्न सक्नेबारे नेतृत्वले दूरदर्शिताका साथ आत्म चिन्तन गरेर विधिसम्मत, एकीकृत ढङ्गले निर्णय लिएर अगाडि बढ्नुपर्ने उनले बताए ।

भण्डारीले पार्टीका जिल्ला सभापतिलाई प्रदेश उपसभापति र महामन्त्रीभन्दा तलका पदाधिकारीको मातहत राख्न नमिल्ने तर्क गरे ।’मनोनीत प्रवक्ता पनि पदाधिकारी हुन्छ  । अब जिल्ला सभापति प्रदेश प्रवक्ताभन्दा तल राखेर पार्टी संचालन संभव छ ?,’ उनको प्रश्न छ ।

भण्डारीले आमन्त्रित केन्द्रीय सदस्य भन्दा तल निर्वाचित प्रदेश मुख्यमन्त्री, संघीय मन्त्रीदेखि पूर्व उपप्रधानमन्त्रीलाई राख्दा ती पदको बेइज्जत हुने बताए । भण्डारीले प्रदेश कार्यसमिति सदस्यको मुनी महानगरको मेयर, महासमिति सदस्यहरु र भातृ संस्थाको केन्द्रीय अध्यक्षको मर्यादाक्रम पालना नभई विवाद निम्तिने देखिएको बताए ।

केन्द्रीय विभाग पदाधिकारी र सदस्यलाई धेरै तल राखेर विभागलाई आकर्षण विहीन पार्ने नहुने उनको भनाइ छ । भण्डारीले महानगर, उपमहानगर र नगर सभापतिलाई क्षेत्रीय पदाधिकारीभन्दा तल राख्दा मर्यादाको पालना गर्न नगरमा निकै गाह्रो हुने बताए ।

भण्डारीले पार्टी विधानले व्यवस्था गरेको तहगत संरचना, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेको बताए पनि व्यवहारिक रूपमा पालना नहुने बताए ।

 

 

 


२९ असार २०७९, बुधवार १०:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु