punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा प्रदेशसभा बहिष्कार गरेका प्रतिपक्षी दलसँग मुख्यमन्त्री छलफल गर्दै

Chaupati
safha napa

सुदूरपश्चिममा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलले लगातार दुई दिनसम्म प्रदेशसभाको बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका लागि बोलाएका छन् । नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री भट्टले छलफल गर्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले मुख्ययमन्त्रीले छलफलका लागि बोलाएको बताउँदै विपक्षी दलको संयुक्त बैठक गरेका निर्णयका आधारमा तयार पारिएको १४ बुँदे माग पत्र बुझाइने बताए । एमालेका तर्फबाट दलका नेता प्रकाश शाह, प्रमुख सचेतक भट्ट र कार्य व्यवस्था परामर्श समितिका सदस्य बलदेव रेग्मी छलफलमा जाँदैछन् भने लोसपाका कृष्ण चौधरी पनि छलफलमा सहभागी हुनेछन् । जसपाकी मालमती राना भने काम विशेषले धनगढी बाहिर छिन् ।

प्रदेश सरकारले असार १ गते ल्याएको अगामी आर्थिक वर्षको बजेट संशोधनको माग गर्दै प्रतिपक्षी दलले सोमबार र मंगलबार प्रदेशसभा बैठक बहिष्कार गरेका थिए । प्रतिपक्षी दल बैठकमा सहभागी नभएपछि जसरी पनि प्रदेशसभाबाट बजेट पारित गर्ने रणनीतिमा रहेको सरकार दबाबमा परेको छ । बजेटको विषयलाई लिएर सत्तारुढ दलभित्र समेत संशोधनको माग चर्को रुपमा उठेको छ । अहिले पनि सत्तारुढ दलका प्रदेशसभा सदस्यहरु संशोधनविना बजेट पास गर्न नसकिने अडानमा छन् ।


२९ असार २०७९, बुधवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु