एसईईको नतिजा साउन पहिलो साता आउने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा साउन पहिलो सातामात्र सार्वजनिक गर्ने भएको छ ।

असार मसान्तमा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले काम नसकिएकाले ७/८ दिनपछि नतिजा सार्वजनिक गर्ने भएको हो ।

‘उत्तरपुस्तिका परीक्षणको काम सकियो । कम्प्युटरमा इन्ट्री र त्रुटि सच्याउने काम भइरहेको छु, एसईई उपनियन्त्रक भक्तबहादुर गोदारले भने, ‘नतिजा सार्वजनिकको मिति तय भएको छैन । तर, ७/८ दिनपछि मात्र हुन्छ ।’

असार मसान्तमा सार्वजनिक गर्ने भनिए पनि स्थानीय चुनावका कारण ढिला भएको उनले बताए । ‘चुनावको कारण १० दिन काम राम्रोसँग हुन पाएन त्यसैले ढिला भएको हो’, उनले भने ।

गत वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।


२८ असार २०७९, मंगलवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु