आईजीपी मुद्दाको फैसला आज आउने सम्भावना
नेपाल प्रहरीको आईजीपी बढुवा सम्बन्धी मुद्दाको फैसला आज आउने सम्भावना छ । जवाफी बहस सकिएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले आज फैसला सुनाउने सम्भावना छ ।
आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर रिटमाथि यसअघि २६ असारमा सुनुवाइ हुने भनिएको थियो । तर, हिजो बकर इदको बिदा परेकाले पेसी एक दिन सरेको हो । कानुनी व्यवस्थाअनुसार पेसी तोकिएको दिनमा सार्वजनिक बिदा परे त्यसको अर्को दिन मात्रै पेसी तोक्ने व्यवस्था छ ।
तर, यो प्रकरणमा भने सर्वोच्चले शुक्रबार नै पेसी सारेको थियो । सरकारले गएको १८ वैशाखमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि अर्का आकांक्षी एआईजी विश्वराज पोखरेलले आफूमाथि अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो रिटमाथि पहिलो पटक २२ वैशाखमा सुनुवाइ भएको थियो । असार १९ मा सो रिटमाथिको बहस सकिएको छ ।
२७ असार २०७९, सोमवार ०८:२१ बजे प्रकाशित












