बोका निल्दै गरेको अवस्थामा अजिंगर भेटियो
उदयपुरमा जिउँदै बोका निल्दै गरेको अवस्थामा अजिंगर भेटिएको छ ।
चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा आइबार बोका निल्दै गरेको अवस्थामा अजिंगर भेटिएको हो ।
अजिंगरले बोका खाँदै गरेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए ।
प्रहरी र वनका कर्मचारीको टोलीले अजिंगरको उद्धार गरेका छन् ।
२७ असार २०७९, सोमवार ०८:१६ बजे प्रकाशित












