punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

Chaupati
safha napa

‘ स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ दार्चुलालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि शुक्रबार जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

जिल्लाका १६ देखि २३ महिनासम्मका एक हजार ६ सय ८७ बालबालिकाले पूर्ण रूपमा खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए। दार्चुलालाई २०७३ मा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो।


२६ असार २०७९, आइतवार १५:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु