कैलालीमा बेवारिसे अवस्थामा एक बालकको शव फेला
कैलालीमा बेवारिसे अवस्थामा एक बालकको शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका ३ डमल गोदावरी नदी किनारमा अन्दाजी ६/७ वर्षीय बालकको शव फेला परेको हो।
बेवारिसे अवस्थामा रहेको शव अनुहार नचिनिने, शरिरमा कपडा नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
२५ असार २०७९, शनिवार २१:२७ बजे प्रकाशित












