punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्विरोध, अन्य पदमा निर्वाचन हुने

Chaupati
safha napa

नेकपा एमाले बझाङको ८औँ अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनीबाहेक अन्यले अध्यक्षमा उम्मेदवारी नदिएपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष थिए ।

अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । सचिव, उपाध्यक्ष, सहसचिवलगायत पदमा भने एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ । एमाले जिल्ला कमिटी सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलबी) र आनन्दलाल विक गरी चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ ।

यस्तै, उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँच जनाको उम्मेदवारी परेको छ । खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।

 


२५ असार २०७९, शनिवार १७:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु