punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाको बजेट बहुमतले पारित

Chaupati
safha napa

धनगढी उपमहानगरपालिकाको बजेट बहुमतले पारित भएको छ। बिवादकै बिच उपमहानगरपालिको २०७९/८० को बजेट आठौं नगर सभाको तेस्रो बैठकबाट बजेट पारित भएको हो।

धनगढी उपमहानगरपालिकाले आर्थिक विकासतर्फ १४ करोड ४५ लाख ११ हजार, सामाजिक विकास तर्फ ७४ करोड ७८ लाख ३३ हजार, पूर्वाधार विकास तर्फ ४१ करोड ४१ लाख २७ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७ करोड ६३ लाख ४३ हजार र कार्यालय सञ्चालमा ४४ करोड ८० लाख बजेट विनियोजन गरेको छ।

उपमहानगरपालिकाको नीति तथा कार्यक्रम अनुसार एक अर्ब ८३ करोड ८९ लाखको बजेट नगर सभामा पेश भएको हो। नगर सभामा एक अर्ब सात करोड २३ लाख चालु तथा ७८ करोड ६६ लाख को पूँजीगत बजेट नगर सभामा पेश भएको थियो। उक्त बजेट बहुमतले पारित भएको नगर प्रमुख गोपाल हमालले बताए ।

उपमेयर कन्दकला रानाले आफूसँग कुनै सल्लाह नै नगरेर बजेट पुस्तिका (रातो किताव ) प्रकाशित गरेको भन्दै बिरोध गरेकी थिइन् ।


२० असार २०७९, सोमवार २२:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु