punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विनोद शाही मृत्यु प्रकरण : अदालतमै पीडितमाथि अश्रुग्यास प्रहार

Chaupati
safha napa

अछाममा प्रहरीले जिल्ला अदालतमै अश्रुग्यास प्रहार गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका आफन्त र स्थानीयमाथि प्रहरीले अदालत परिसरमै अश्रुग्यास प्रहार गरेको हो ।

अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको भन्दै मृतक शाहीका आफन्त तथा स्थानीय अदालतमै पुगेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशलप्रसाद ढुङ्गानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिँदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षले बताएको छ । तर, सरकारी वकिल कौशल ढुङ्गानाले भने पीडित पक्षले लगाएका सबै आरोप अस्वीकार गरेका छन् । विनोद जेठ २१ गते बिहान १० बजे

गाउँ नजिकैको भिरमा मृत फेला भेटिएका थिए । उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

मेयर चलाउनेसहित सात जना घटनामा संलग्न रहेको भन्दै परिवारले किटानी जाहेरी दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् ।


२० असार २०७९, सोमवार १३:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु