punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेश सरकारको विकास खर्च निराशाजनक, यस्तो छ हिसाब

Chaupati
safha napa

चालु आर्थिक वर्ष २०७८र०७९ को ११ महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुँजीगत खर्च ३४ प्रतिशत मात्रै भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय (धनगढी) का अनुसार चालु आर्थिक वर्षको कूल बजेट ३१ अर्ब २३ करोड ५५ लाख ५० हजारमध्ये जेठ मसान्तसम्म ४० प्रतिशत अर्थात् १२ अर्ब ७२ करोड ९९ लाख ४१ हजार मात्र खर्च भएको छ।

चालु आर्थिक वर्षको विकास अर्थात् पुँजीगत खर्च निराशाजनक छ। पुँजीगततर्फ १८ अर्ब ७४ करोड ३४ लाख बजेट रहेकामा चालु आर्थिक वर्षको ११ महिनामा ६ अर्ब ४९ करोड २६ लाख २० हजार अर्थात् ३४ प्रतिशत मात्रै खर्च हुन सकेको छ।

प्रदेश मन्त्रालयमध्ये सबैभन्दा बढी विकास बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा छ। यसअन्तर्गत पूर्वाधार निर्माणका अधिकतर योजना अधुरा छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको कूल बजेट १२ अर्ब ५४ करोड ७ लाखमध्ये पुँजीगततर्फ १२ अर्ब १२ करोड ९९ लाख बजेट छ।

मन्त्रालयको हालसम्मको कूल खर्च ४ अर्ब ७१ करोड ७८ लाख रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशी बताउँछन्। उनका अनुसार पुँजीगत खर्च ४ अर्ब ७१ करोड ७८ लाख अर्थात् ३६।७ प्रतिशत मात्र छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जिल्लाका योजना कार्यान्वयन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय ४, सहरी विकास तथा भवन कार्यालय ३, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ३ र जलस्रोत तथा सिँचाइ डिभिजन गरी १० वटा कार्यालय कार्यान्वयन निकायका रूपमा छन्।

अधिकतर योजनामा काम भइसकेको भए पनि भुक्तानी मात्र बाँकी देखिएकाले कम खर्च देखिएको दाबी गर्छन्– मन्त्रालयका सचिव तुलसीराम भट्टराई। उनी भन्छन्, ‘ठेकेदारहरूले असारमै भुक्तानी दाबी गर्ने परम्पराले जेठ महिनासम्मको खर्च न्यून देखिएको हो।’

दोस्रो बढी बजेट रहेको सामाजिक विकास मन्त्रालयको कूल खर्च ३ अर्ब ३६ करोड ८१ छ। त्यसमा पनि पुँजीगततर्फ २ अर्ब ३८ करोड ३२ लाख बजेटमध्ये कूल खर्च एक अर्ब ६ करोड ७४ लाख भएको छ। प्रदेश सरकारको विकासे मन्त्रालयका रूपमा रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खर्च अवस्था पनि त्यस्तै छ।

उक्त मन्त्रालयले जेठ मसान्तसम्म ४१ प्रतिशत मात्रै खर्च गरेको छ। २ अर्ब ९० करोड ५१ लाख कूल बजेटमध्ये उक्त मन्त्रालयको कूल खर्च एक अर्ब २० करोड २२ लाख मात्र छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु बजेट कुल बजेट २ अर्ब २४ करोड ६१ लाख रुपैयाँ छ। यो मन्त्रालयले जेठ मसान्तसम्म कूल बजेटको ५०।३ प्रतिशत अर्थात् एक अर्ब १२ करोड ९८ लाख खर्च गर्न सकेको छ।


१९ असार २०७९, आइतवार १३:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु