punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सडक भासियो, कल्भर्ट जोखिममा

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।

धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।

धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाममा नालामा रहेका ठुला तथा साना रुखसँगै कटान रोक्न बनाइएका तटबन्ध डोजर लगाएर भत्काइएको थियो ।

राष्ट्र बैँकदेखि सो कल्भर्ट छेउछाउमा रहेका ठुला रुख, बाँसका झारी र तटबन्ध भत्काएर नालीभित्रै गाडिएको छ । उपमहानगरपालिकाले अतिक्रमण हटाउने नाममा जथाभावी डोजर लगाएपछि एक बस्ती कटानको जोखिममा परेको छ । नाला छेउछाउमा रहेका रुख तथा बोटबिरुवा कटान गरेपछि एलजी एकेडेमी नजिक रहेको बस्ती कटानको जोखिममा परेको स्थानीयहरु बताउँछन् ।

 


१९ असार २०७९, आइतवार १३:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु