punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छाङरुमा भारतद्वारा अतिक्रमित कालापानीलाई राष्ट्रिय मुद्दा बनाउने ३ नेताको सालिक

Chaupati
safha napa

भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीको मुद्दा पहिलोपटक उठाउने दार्चुलाका तीन जना दिवंगत नेताको सालिक बनाइएको छ। व्याँस गाउँपालिका–१, छाङरुको घाघाबगरमा पूर्ववन सहायकमन्त्री बहादुरसिंह ऐतवाल, पूर्वशिक्षा राज्यमन्त्री प्रेमसिंह धामी र संविधानसभा सदस्य गोपाल बोहराको सालिक निर्माण गरिएको व्याँस गाउँपालिकाको कार्यालयले जनाएको छ।

‘कालापानीलाई राष्ट्रिय मुद्दा बनाउन योगदान गरेका योद्धाहरूको सम्मान र स्मरणमा पालिकाले सालिक निर्माण गरेको हो’, अध्यक्ष मंगलसिंह धामीले भने, ‘यसले इतिहास जीवन्त राख्ने छ।’ कालापानीमा रहेको भारतीय अतिक्रमणको विषय पञ्चायतकालमा पहिलोपटक तत्कालीन वन सहायक मन्त्री बहादुरसिंह ऐतवालले उठाएका थिए।

प्रजातन्त्र पुनःस्थापनापछि त्यही विषयलाई प्रेमसिंह धामीले संसदमा उठाएर राष्ट्रिय चासोको विषय बनाएका थिए। ऐतवाल र बोहरा कालापानीमुनीकोे छाङरुका बासिन्दा समेत थिए। यस्तै तत्कालीन संविधानसभा सदस्य गोपाल बोहराले तथ्यसहित पुस्तक र आलेखमार्फत कालापानीको मुद्दा उठान गरेका थिए।

छाङरुमा तयार यी तीनै नेताको सालिक अनावरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने गाउँपालिकाले तयारी थालेको छ। गाउँपालिका अध्यक्ष धामी भन्छन,‘मौखिम रूपमा जानकारी गराइएको छ, अब लिखित रूपमै निमन्त्रणा गर्छौं।’

व्याँस गाउँपालिकाअन्तर्गत पर्ने कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतीय सेनाको कब्जामा छ। भारतले अतिक्रमण गरेको यी भूभाग समेटेर नेपाल चुच्चे नक्सा जारी गरे पनि अझै अतिक्रमित भूभाग फिर्ता ल्याउन सकेको छैन।

 


१९ असार २०७९, आइतवार १२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु