punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका नदीमा डल्फिन देखिन थाले

Chaupati
safha napa

धनगढी,जेठ,३१।  एक ठाउँबाट अर्को ठाउँमा बसाई सर्न मन पराउने ग्यांगेटिक जातका डल्फिन भारतबाट कैलालीका नदीसम्म आइपुगेका छन् । भारतको घाँघरा नदी हुँदै आएका डल्फिनहरु कैलालीको मोहना, पथरैया र काँडा नदीमा शनिवार देखिएका छन् ।

विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन ती नदीहरुमा वर्षायाममा मात्रै आउने गरेका छन् । अन्य वर्षहरुमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका हुन् । असारदेखि असोजको महिनासम्म यी नदीहरुमा डल्फिन सजिलै देख्न सकिन्छ ।

शनिवार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए । 

भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा आउने डल्फिनहरु यस वर्ष जेठमै आइपुगेको स्थानीय नरेन्द्रराज रेग्मीले बताए । विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनीका स्थानीयहरु जुट्दै आएका छन् ।

खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यटहरु आउने गरेका छन् ।


३१ जेठ २०७७, शनिवार १४:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु