punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केएमसी स्कुलको होस्टलमा युवती मृत फेला

Chaupati
safha napa

काठमाडौँको बुद्धनगरस्थित केएमसी होस्टलमा कार्यरत कर्मचारी मृत फेला परेकी छन् । काभ्रे घर भएकी २१ वर्षीया रमा रायमाझी गएराति मृत अवस्थामा फेला परेकी हुन् ।

घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनाली र फरेन्सिक चिकित्स गोपाल चौधरी सहितको टिम पुगेर अनुसन्धान गरेका छन् । छात्रा होस्टलमा कार्यरत रमालाई झुण्डेको अवस्थामा देखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए ।

उनको शव घटनास्थलमै छ । ‘स्कुलको ग्राउण्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटियकि हुन्,’ एसपी मैनालीले भने, ‘हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका छैनन् । घटनाको अनुसन्धान भइरहेको छ ।’

युवती विगत ५ वर्षदेखि स्कुलको क्यान्टिनमा कार्यरत रहेको बुझिएको छ । पारिवारिक स्रोतका अनुसार उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सोही होस्टलमा काम गर्दै आएकी थिइन् ।


१९ असार २०७९, आइतवार ०९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु