महिला साफ च्याम्पियनसिप नेपालमा हुने
साफ महिला च्याम्पियनसिप २०२२ आगामी भदौ १३ देखि २५ गतेसम्म नेपालमा आयोजना हुने भएको छ ।
शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ ९साफ० को कार्यकारी बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले महिला च्याम्पियनसिप काठमाडौंमा आयोजना गर्न गरेको प्रस्ताव साफले सदर गरेको हो ।
१९ असार २०७९, आइतवार ०८:४८ बजे प्रकाशित






























