punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वजनमुक्ति सेनाका घाइते कमान्डरले काठमाडौंमा ज्यान गुमाए

Chaupati
safha napa

जनमुक्ति सेनाको पूर्ण घाइते कमाण्डरको काठमाडौंमा निधन भएको छ । सशस्त्र द्वन्द्वका क्रममा लामो समय जनमुक्ति सेनामा बिताएका कालिकोटको तिलागुफा ५ का नमराज न्यौपाने सेवकको काठमाडौंमा निधन भएको हो ।

उपचारका लागि उनी आफ्नी श्रीमतीसहित भैंसेपाटीमा बस्दै आएका थिए । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयसम्म उपचार गराउँदा समेत उनलाई सन्चो हुन सकेको थिएन । सरकार पक्ष र उनी संलग्न रहेको माओवादी पार्टीबाट समेत उपचारमा सहयोग नपाइएको उनको परिवारको गुनासो रहेको छ ।

उपचारमा कुनै पक्षबाट पनि वास्ता नभएपछि परिवारकै पहलमा उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो । तर खर्चको जोहो गर्न नसक्दा उनको सडक पेटीमा नै ज्यान गएको हो ।

 


१८ असार २०७९, शनिवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु