punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डिलाशैनी गाउँपालिकाको बजेट सवा ६२ करोड

Chaupati
safha napa

बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार आर्थिक बर्ष २०७९–८०को बजेट सार्वजनिक गरेको छ । पालिकाले आर्थिक बर्ष ०७९–८० का लागि ६२ करोड ३५ लाख ५९ हजार रकमको बजेट ल्याएको हो । बजेटमा कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको गाउँपालिका प्रवक्ता यज्ञराज भट्ट (यदु) ले बताए ।

उनले भने, ‘हामीले बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेका छौँ । कृषि र पशु पालनलाई व्यवसायीकरण गरेर नागरिकको आर्यआर्जन वृद्धि गर्न बजेट छुट्याएका छौँ ।’ आर्थिक विकासको योजनालाई प्राथमिकता दिएको उनले बताए ।

गाउँपालिकामा चिकित्सकीय सेवा प्रदान गर्न एक जना डाक्टर र एक जना जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने बजेटमा उल्लेख छ । माध्यमिक तहका १२ ओटै विद्यालयमा एक एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । विद्यालयमा स्वास्थ्यकर्मी कार्यक्रमअन्तर्गत विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गरिने समेत उल्लेख छ । यसैगरी, स्वास्थ्य स्वयसेविकाहरूलाई विशेष भत्ता सुविधासहित परिचालन गर्ने कार्यक्रम बजेटमा उल्लेख रहेको छ ।

जेष्ठ नागरिकका गुनासा, अनुभव र सुझाव ग्रहण गर्न बाजेको अर्तिु कार्यक्रम राखिएको छ । यसैगरी, युवासँग अध्यक्ष कार्यक्रम समावेश गरिएको छ । गाउँपालिकाको पारदर्शिताका लागि सूचना प्रविधिको विकास गर्न भन्दै एफएम रेडियो र पत्रिका सञ्चालन गर्ने कुरा बजेटमा उल्लेख छ । सहिद परिवारलाई मासिक तीन हजार रकम भत्ता दिने कार्यक्रम तय गरिएको छ ।

गाउँपालिका स्तरीय कृषि नर्शरी स्थापना गर्ने, कृषक संग कृषि प्राविधिक कार्यक्रम सञ्चालनमा ल्याए उत्पादमा वृद्धि गर्ने कार्यक्रम तय गरिएको छ । पशुपालनतर्फ बाख्रा पालन, कुखुरा तथा कालिज पालन र माछा पालन गर्ने कृषकका लागि बजेटको व्यवस्था गरिएको छ ।

 


१८ असार २०७९, शनिवार १६:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु