punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूर पहाडका तीन जिल्लामा विद्युतीय राहदानी सेवा बन्द

Chaupati
safha napa

बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा विद्युतीय राहदानी (ई–पासपोर्ट)  सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरीविद्युतीय राहदानी सेवा बन्द भएको जनाएको हो।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न  विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जानकारी दिए।  बैतडीसहित बझाङ र दार्चुलामा पनि विद्युतीय राहदानी सेवा बन्द भएको उनले बताए।

‘यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकोले सेवा अवरुद्ध भएको हो। अवरुद्ध विद्युतीय राहदानी सेवा सहज हुन अझै दुई तीन दिन लाग्ने भन्ने खबर आएको छ’,उनले भने, ‘उक्त सेवा लिन आउनेलाई हामीलाई सम्पर्क गरेर मात्रै आउँन आग्रह गर्छौँ।’

बैतडीमा पहिलोपटक  गत जेठ  १२ गतेदेखि  विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको थियो।  हालसम्म करिब ४०० जनाले यो सेवा लिएका छन्। एमआरपी राहदानी विस्थापन गरेर विद्युतीय राहदानी शुरू गरिएको थियो।  यहाँ गत मंसिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो।


१८ असार २०७९, शनिवार ०८:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु