काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो
काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।
हाल चार जनाको टेकु अस्पताल र एक जनाको पाटनमा उपचार भइरहेको महाशाखाका निर्देशक डा चुमनलाल दासले बताए । उनका अनुसार बिरामीमा हैजाको स्रोत पानी देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोली र कोलिफर्म भेटिएको छ ।
‘कुनै ठाउँमा केयूकेएलको पानीमा जीवाणु देखिएको छ । पानी प्रदूषित छ । तर सबै ठाउँमा छैन,’ उनले भने । तर, पानीमा कहाँबाट हैजा सरेको हो भन्ने यकिन भएको छैन ।
१७ असार २०७९, शुक्रवार १६:४१ बजे प्रकाशित













