राष्ट्रपतिसमक्ष चार राजदूतको शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पदथ तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरूमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् ।

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।


१७ असार २०७९, शुक्रवार ०८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु