प्रधानमन्त्री देउवाले भने-प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमै हुन्छ
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
६४ औँ संसद दिवसका अवसर पारेर बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
उनले राष्ट्रको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न पनि सबै पक्षलाई आह्वान गरे । संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई विकसित र समुन्नत राष्ट्रका रूपमा अघि बढाउन सबैले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
१६ असार २०७९, बिहीवार १५:५१ बजे प्रकाशित













