punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक करोड २० लाखको चेक बाउन्स गर्नेलाई दुई वर्ष कैद

Chaupati
safha napa

रकम नभएको खाताको एक करोड २० लाख रुपैयाँको चेक काटेका एक व्यक्तिलाई दुई वर्ष कैद सजाय गरिएको छ । चेक बाउन्स गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।

बिगो बराबरको रकम र बिगो भराउ मितिसम्मको ब्याज तिर्न काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते काभ्रेको चौरीदेउराली गाउँपालिका– ९ स्थायी घर भई ललितपुरको पुल्चोक बस्दै आएका ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई उक्त सजाय दिएको हो ।

तोकिएको मितिमा सम्पर्कमा नआएको र फैसलासमेत कार्यान्वयन नगरेको भन्दै उनलाई दुई वर्ष कैद सजाय गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नाम्गेललाई गत मंगलबार पक्राउ गरेर फैसला कार्यान्वयनका लागि अदालत पेश गरेको थियो ।


१६ असार २०७९, बिहीवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु