बैतडी–धनगढी उडान फेरि रोकियो

नियमित रूपमा सञ्चालन हुन नसकेको बैतडी ( धनगढी उडान फेरि रोकिएको छ । चैतको पहिलो सातातिर भएको उडान त्यसपछि हुन सकेको छैन । बैतडीबाट धनगढी समिट एअरले उडान भर्दै आएको छ ।

उडान रोकिएको ३ महिना भइसक्दासमेत अब कहिले उडान हुने भन्ने टुंगो छैन । सुरुवातमा शुक्रबार उडान भर्दै आएको समिट एअरले केही समयअघिबाट बिहीबार उडान गर्दै आएको थियो । साताको एक दिन मात्र उडान हुने गरेको थियो ।

यात्रु नभएकोले उडान गर्न नसकिएको बैतडी पाटन विमानस्थल हेर्ने समिट एअरका कृष्ण भट्टले बताए ।  यात्रु कम भएर मात्र उडान गर्न नसकिएको उनले बताए ।  अन्तिम उडान हुॅदासम्म ४ हजार ६ सय भएको भाडा अहिले फेरि बढेको छ । अब ५ हजारमा उडान भर्न सकिने अवस्था रहेको भट्टले बताए ।

यता स्थानीय भने भाडा महँगो भएकोले यात्रुहरू नपाइने समस्या रहेको बताउँछन् ।


१६ असार २०७९, बिहीवार १५:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु