punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक सातासम्म देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले एक सातासम्म देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ । सातवटै प्रदेशको सम्भावित मौसमी अवस्था आज सार्वजनिक गर्दै महाशाखाले कुनै प्रदेशमा सामान्य र कुनैमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

साताको शुरु तथा मध्यमा हिमाली, पहाडी र तराईका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जारी गरेको साप्ताहिक मौसमी बुलेटिनमा उल्लेख छ । साताको सुरुमा प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चटयाङ सहित भारी वर्षा र साताको अन्त्यमा हिमाली, पहाडी र तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

पहाडी र तराई मधेशको अधिकतम तापक्रम तथा न्युनतम तापक्रम हल्का बढ्ने सम्भावना पनि छ । तर हिमाली भागको अधिकतम तापक्रम र न्युनतम तापक्रममा भने उल्लेखनीय परिवर्तन नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


१६ असार २०७९, बिहीवार १२:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु