कैलालीमा खोलामा डुबेर एक बालक बेपत्ता

कैलालीमा डुबेर एक जना बालक बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका १९ जे गाँउ बस्ने दिपक बिकका ११ बर्षिय छोरा निखिल आज दिउँसो बेपत्ता भएका हुन् ।

कैलारी गाउँपालिका ६ धरमपुर आफ्नो मामाघर गइरहेको अवस्थामा गौकन्द्री खोलामा पौडी खेल्ने क्रममा डुबेर बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । उक्त स्थानमा अहिले प्रहरीले खोजी गरिरहेको छ ।


१५ असार २०७९, बुधवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु