punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा ५० शैयाको कोरोना अस्पताल सञ्चालनमा

Chaupati
safha napa

कञ्चनपुर , जेठ ३० । कञ्चनपुरमा पनि ५० शैयाको कोरोना अस्पताल आज (शुक्रबार) देखि सञ्चालनमा आएको छ । महाकाली अस्पतालको परिसरमै निर्माण गरीएको कोरोना अस्पतालको आज सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले उद्धघाटन गरेका हुन्।

उद्धघाटन कार्यक्रममा बोेल्दै मन्त्री सुवेदीले आईसोलेशन भवन निर्माण भएपछि कोरोनाका बिरामीलाई उपचारमा सहज हुने बताए ।

यस्तै महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले ५० बेडका नयाँ र यसका अतिरिक्त ३६ बेडको निर्माण भएको बताए । उनका अनुसार सुत्केरी र कोरोन रोकथाम एव उपचारका लागि चिकित्सक एव स्वास्थ्यकर्मीको छुट्टै व्यवस्थापन गरिएको र अस्पतालमा कोरोना उपचारका लागि भवन निर्माणसंगै थप भौतिक सरचना निर्माण भईरहेको बताए ।

९२ लाख ५४ हजारमा कोरोना अस्पताल निर्माणका लागि विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो। जेठ ७ गते निर्माण सम्पनन गर्नुपर्ने भएपनि झण्डै तीन साता ढिलो गरी अस्पतालको निर्माण सकिएको हो। धनगढीमा यसअघि नै कोरोना अस्पताल सञ्चालन भईसकेको छ।


३० जेठ २०७७, शुक्रवार ०६:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु